रुपन्देही, २६ पुस । गैडहवा गाउँपालिका–४ पोहवास्थित सडकमा लु.३ त १७५५ नम्बरको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ४५ वर्षीय दुख राम कहार सोमबार राति मृत्यु भएको हो ।
गुडिरहेको ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया