नेपालगन्ज, २६ पुस । निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्रिय एकता दिवसको अवसरमा मदरसामा वृक्षरोपण गरेका छन् ।
बुधबार पुस २७ गते मनाउन गइरहेको राष्ट्रिय एकता दिवसको अवसर पारेर डा.अहिराजले नेपालगन्जस्थित मदरसामा बिरुवा दिएर सम्मान प्रकट गरेका छन् ।
निवर्तमान प्रदेश प्रमुख डा.अहिराजले मंगलबार नेपालगन्जस्थित मदरसा दारुलउलुम बरकातिया मा.वि.मा बिरुवा प्रदान गरेका छन् ।
उनले मदरसाका हाजी जियाउल मुस्तफा र विद्यार्थीलाई बिरुवा प्रदान गरेका हुन् ।
बिरुवा हस्तान्तरण गर्दै डा.अहिराजले आत्मीय एकीकरणपछि मात्र देश साझा बन्ने विचार राखेका थिए ।
उनले भनेका छन्, ‘नेपाल एकीकरणमा मुस्लिम समाजको ठूलो योगदान छ। हतियार बनाउने देखि सिकाउने सम्मको काममा यो समाजले गरेको अतुलनीय योगदानको उचित कदर हुन सकेन ।’



तपाईको प्रतिक्रिया