काठमाडौं, २६ पुस । राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले थानापती उमेश गिरिजीको आश्रममा वृक्षरोपण गरेका छन् ।
बाँके जिल्लास्थित थानापती उमेश गिरिजीको आश्रममा बृक्षारोपण र गुरुजीको दर्शनसमेत उनले गरेका छन् ।
उनले बृक्षारोपण कार्यको आयोजना गरिदिने डा. बिनोद कर्ण, अधिवक्ता विश्वजित तिवारी, हेमन्त राज काफ्ले, तेज बिक्रम शाह लगायत सम्पुर्ण सहभागीप्रति आभार व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया