बर्दिया, २६ पुस । निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरमा माल्र्यापण गरी श्रद्धासुमन व्यक्त गरेका छन् ।
मंगलबार जिल्लाको गुलरियास्थित मिरर होटेलमा आयोजित कार्यक्रममा राष्ट्र निर्माता शाहको तस्वीरमा माल्यार्पण गरेका हुन् ।
३०१औं पृथ्वी ज्यन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा नागरिक मूल समारोह समितिले सो कार्यक्रमको आयोजना गरेको थियो ।
सो अवसरमा डा.अहिराजले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरा गर्वको विषय रहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया