काठमाडौं, २७ पुस । भारतीय राजदूतावास काठमांडू र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिन्दी विभागद्वारा संयुक्त रूपमा दूतावासमा विश्व हिन्दी दिवस मनाइएको छ । भारतीय दूतावासका मिशन उप प्रमुख प्रसन्न श्रीवास्तव र डा. संजीता वर्मा, अध्यक्ष, हिन्दी विभाग, त्रिभुवन विश्वविद्यालयले दूतावास र विश्वविद्यालयको प्रतिनिधित्व गरेका थिए ।
हिन्दी मञ्च नेपालका अध्यक्ष एवं सांसद मंगल प्रसाद गुप्ता कार्यक्रमका मुख्य अतिथि रहेका थिए । उनले हिन्दीले नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई प्रगाढ़ बनाउन अहम् भूमिका निर्वाह गरेको बताए । उनले हिन्दी वैश्विकस्तरमा हिन्दीको महत्व र अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रासंगिकतालाई पनि रेखांकित गरेका थिए ।
कार्यक्रममा भारतका प्रतिष्ठित भाषाविद डा. विमलेश कान्ति वर्मा, नेपालका वरिष्ठ हिन्दी साहित्यकार एवं विद्वान गंगा प्रसाद अकेला एवं डा. राम दयाल राकेश विशिष्ट अतिथि रहेका थिए ।
डा. विमलेश कान्ति वर्माले आफ्नो सम्बोधनमा हिन्दी अनुसन्धानमा आफ्नो सुदीर्घ अनुभव, विशेष रूपबाट यसके इतिहास, अन्य अन्तर्राष्ट्रिय भाषाहरुका साथ यसको सन्बन्ध र समकालीन समयमा यसको विकासका बारे आफ्नो विचार राखेका थिए ।
मिशन उप प्रमुख प्रसन्न श्रीवास्तवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा यस अवसरमा दिएको सन्देश पढेका थिए । उनले भने, ‘विश्व हिन्दी दिवस हामी आफ्नो भाषा विरासत र पहचानलाई स्मरण गराउँछ ।’
उनले नेपालका सबै हिन्दीप्रेमी, विद्वान एवं साहित्यकारहरु प्रति आभार व्यक्त गर्दै हिन्दीको माध्यमबाट नेपाल–भारत मैत्री अझ मजÞबूत गर्न योगदान दिएको बताए ।
कार्यक्रममा काठमाडौंक विभिन्न विद्यालयका छात्राहरुका लागि हिन्दी कविता वाचनको आयोजन गरिएको थियो, जसमा छात्राहरुले ’आजÞादी का अमृत महोत्सव’ विषयमा प्रभावशाली कविता वाचन गरेका थिए । यस अवसरमा त्रिभुवन विश्वविद्यालयका हिंदी विभागका एमएका छात्राहरुलाई पनि सम्मानित गरिएको थियो ।
स्वामी विवेकानंद सांस्कृतिक केंद्र काठमाडौंका संगीतका छात्राहरुले सामूहिक प्रस्तुति दिएका थिए । स्वामी विवेकानंद सांस्कृतिक केन्द्रक निदेशक डा. असावरी बापटले देवनागरी लिपि र यसका विशेषताहरुमाथि व्याख्यान दिएका थिए । त्रिभुवन विश्वविद्यालयका हिन्दी प्राध्यापक डा. श्वेता दीप्ति एवं मंचला झाले आफ्नो सम्बोधनमा नेपाल–भारतको सम्बन्धमा हिन्दीको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल–भारत कवि सम्मलेनको पनि आयोजना गरिएको थियो, जसमा प्रतिष्ठित कविहरुले हिन्दी, उर्दू र नेपाली भाषामा कविता वाचन गरी श्रोताहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।
१० जनवरी १९७५ मा भारतको नागपुरमा प्रथम विश्व हिन्दी सम्मेलनको आयोजना गरिएपछि प्रत्येक वर्ष १० जनवरी भारत र विश्वका धेरै देशहरुमा विश्व हिन्दी दिवस मनाइन्छ ।
तपाईको प्रतिक्रिया