जनमतका अध्यक्ष डा.राउत र अमेरिकी राजदूतबीच भेटवार्ता

समाचार

काठमाडौं, २७ पुस । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटघाट भएको छ ।

काठमाडौंको बुधनगरस्थित जनमत पार्टीको कार्यालयमा बुधबार अध्यक्ष डा.राउत र राजदूत थम्पसनबीच भेट भएको डा.राउतको सचिवालयले जनाएको छ ।

डा.राउतको सचिवालयअनुसार सो शिष्टाचार भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे चर्चा भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ