मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

समाचार

जनकपुरधाम, २७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका सरोज कुमार यादव नियुक्त भएका छन् । उनी ६३ प्रदेशसभा सदस्यको समर्थनबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

यादवले मधेश प्रदेश सभाका ६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । १०७ प्रदेशसभा सदस्य रहेको मधेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्य गरी ६३ जनाले समर्थन गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएका यादव मधेश प्रदेशका निवर्तमान सभामुख समेत हुन् ।

उनी ४ मंसिरको चुनावमा बारा क्षेत्र नं. १ (ख) बाट निर्वाचित भएका थिए । यसअघि २०७४ मा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ