चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री प्रचण्ड

समाचार

काठमाडौं, २ माघ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीज्युलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वका लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट राष्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ