म्याजिक गाडीले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

रौतहट, २ माघ । चन्द्रपुर नगरपालिका–१ पौराहीमा म्याजिक गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्र–२–०३–००१ ज ०२२४ नम्बरको म्याजिक गाडीले प्र.२–०३–००८ प ६५८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका–४ बस्ने २९ वर्षीया कमला पुनको आइतबार दिउँसो मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र म्याजिकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ