शोक बिदाका कारण मधेशको प्रदेशसभा बैठक स्थागित

समाचार

जनकपुरधाम, २ माघ । पोखरामा भएको विमान दुर्घटनाका कारण सरकारले शोक बिदा घोषणा गरेकोले मधेश प्रदेशसभाको बैठक स्थगित भएको छ ।

सोमबार मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका तय भएको थियो ।

प्रदेश सभा सचिवालयले प्रदेश सांसदहरुलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको जानकारी दिएको हो ।

अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको हो । यसका साथै मंगलबार नै सभामुखको निर्वाचनसमेत हुने सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ