सिरहा, २ माघ । धनगढीमाई नगरपालिका–५ गोठ टोलस्थित सडकमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
प्र.२–०१–००३ प. ५२९७ नम्बरको मोटरसाइकल र डब्लुबि ६५ डि ७४३९ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना भएको थियो ।
सो दुर्घटनामा मोटरसाइकल चालक सुखिपुर नगरपालिका–८ बस्ने ५५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया