सुदूरपश्चिमको सभामुखमा भण्डारी निर्वाचित

समाचार

धनगढी, ३ माघ । सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित हुनुभएको छ ।

सभामुख पदको लागि तेस्रो पटक भएको निर्वाचनमा कांग्रेसका मानबहादुर रावललाई पराजित गर्दै माओवादी केन्द्रका भण्डारी निर्वाचित भएका हुन् ।

यसअघि २८ र ३० गते भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि मंगलबार पुनः निर्वाचन भएको थियो।

मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख चयनका लागि भएको मत विभाजनमा भण्डारीले २९ मत प्राप्त गरे भने उनको विपक्षमा २३ मत खसेको थियो ।

यहाँ सत्ता गठबन्धन नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११, नागरिक उन्मुक्ती ७ र राप्रपाका १ जना तथा नेपाली काँग्रेसका १९, नेकपा एकीकृतका ४ र १ जना स्वतन्त्र सांसद छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बन्न २७ मत आवश्यक थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ