रूपन्देही, ३ माघ । बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट विभिन्न हतियार सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका–४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा नविनको साथबाट १ थान रिभल्वर फेला परेपछि दुवै जनालाई पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा सैनामैना नगरपालिका–१ पर्रोहास्थित नविनको कोठामा तलासी गर्दा गोली ३५ राउण्ड, तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया