कैलाली, ३ माघ । अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि बस्ने २३ वर्षीय आयुस ढकाल र गौरीगंगा नगरपालिका–४ घर भई धनगढी उपमहानगरपालिका–४ डेरा गरी बस्ने २५ वर्षीय बिजय नेपालीलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया