ग्याँस सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

समाचार

कपिलवस्तु, ३ माघ । वाणगंगा नगरपालिका–९ कपिलधामस्थित माघी मेलामा बेलुनमा हावा भर्ने क्रममा ग्याँस सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको छ ।

सिलिण्डर पड्किएर सोही नगरपालिका–८ बालापुर बस्ने ६५ वर्षीय नासिर मोहमदको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

घाइते भएका उनकै छोरा २५ वर्षीय साहिल पाकियालाई उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बरमातर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ