काठमाडौं, ३ माघ । जनमत पार्टीले रोजेको मन्त्रालय नपाउँदा असन्तुष्टि जनाएको छ । प्रधानमन्त्रीसँग सहमति भएअनुसारको मन्त्रालय जनमतले पाएन ।
सत्तारुढ दलभित्र मन्त्रालय भागवण्डामा जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको थियो ।
सोहीअनुसार प्रधानमन्त्रीसँगै नियुक्त भएका जनमतबाट अब्दुल खान पनि शपथ ग्रहण गरेका थिए ।
मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा अब्दुल खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको थियो ।
खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् ।
पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको खानले बताउँदै प्रधानमन्त्रीसँग भएको सहमति अनुसार मन्त्रालय नपाएकोले कार्यभार सम्हाल्न नभएको बताएका छन् ।
प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया