मधेश प्रदेशको सभामुखमा मण्डल निर्वाचित

समाचार

जनकपुरधाम, ३ माघ । मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले)का सांसद रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

मंगलबार भएको सभामुखको निर्वाचनमा मण्डल ७४ मतसहित निर्वाचित भएका हुन् भने उनको विपक्षमा विपक्षमा २९ मत परेको छ ।

मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुन् ।

उनलाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका छन् ।

मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट दोश्रोपटक निर्वाचित सांसद हुन् । विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए ।

नेपाली कांग्रेसबाट सभामुखमा जंगीलाल राय उम्मेदवार थिए । प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९÷९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ