वीरगन्ज, ४ माघ । वीरगंज महानगरपालिका–८ घण्टाघरबाट स्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१६ नगवा बस्ने ३४ वर्षीय बिकाश साह र सोही महानगरपालिका–१८ ईनर्वा मनियारी टोल बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले बीआर ०५ एई ९३४३ नम्बरको स्कटुरलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी स्कुटर चालक बिकाश र स्कुटरमा सवार किशोरलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया