जनकपुरधाम, ४ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई संसदका सबै दलले विश्वासको मत दिएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई सदनमा उपस्थित १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।
उनी पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसको सहित सबै दल र स्वतन्त्र सांसदहरुले पनि उनलाई विश्वासको मत दिएका छन् ।
नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित १०२ प्रदेश सांसदको समर्थन मुख्यमन्त्री यादवले पाएका छन् ।
तपाईको प्रतिक्रिया