बसले पिकअपलाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

रुपन्देही, ४ माघ । बसले पिकअपलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका–२ झारवैरा चोकमा लु.१ ख ८७८५ नम्बरको बसले लु.३ च ४३८४ नम्बरको पिकअप गाडीलाई बुधबार बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट पिकअपमा सवार शुद्धोधन गाउँपालिका–१ बेलवा बस्ने ३५ वर्षीय गोरक लोनियाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका पिकअपमा सवार अन्य ८ जना र बसमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ