काठमाडौं, ५ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सभामुखको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई मतदान गर्ने भएको छ ।
प्रतिनिधिसभामा सम्बोधन गर्दै लोसपाका वरिष्ठ नेता एवं सांसद शरत्सिंह भण्डारीले कांग्रेसका उम्मेद्वारलाई मतदान गर्ने बताएका छन् ।
लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि आफूहरु प्रतिपक्षमै रहेको बताउँदै कांग्रेसको उम्मेद्वारलाई मतदान गर्ने बताए ।
उनले संसद प्रतिपक्षको रहेको सरकारलाई निरंकुश हुनबाट रोक्न प्रतिपक्षीकै सभामुख हुनुपर्ने तर्क गरेका छन् ।
सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
सभामुखका लागि एमालेले झापा–२ बाट निर्वाचित सांसद देवराज घिमिरे र कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेद्वार बनाएका छन् ।
तपाईको प्रतिक्रिया