मधेश आन्दोलनका शहीदको सम्मानमा डा.राउतद्वारा संसदभित्रै मौन धारण

समाचार

काठमाडौं, ५ माघ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुप्रति सम्मान प्रकट गर्दै जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले संसदभित्रै एक मिनेटको मौन धारण गरेका छन् ।

बिहीबार प्रातिनिधिसभामा मधेशका आन्दोलनका शहीदका मधेशका मात्र हुन् कि देशकै शहीद हुन् भन्ने प्रश्न पनि गरे । उनले राज्यले नै मधेश आन्दोलनका शहीदलाई शहीद घोषणा गर्ने तर सम्मान नगर्ने भनी गुनासो पोखेका हुन् ।

उनले मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मधेश आन्दोलनका शहीदहरुप्रति सम्मानका लागि मौन धारण गर्न आग्रह गर्दा अधिकांश सांसदहरु उठेर मौन धारणा गरेका थिए भने प्रधानमन्त्री लगायत केही मन्त्रीहरु बसिरहे ।

साथै उनले आफूहरु अहिले सत्तापक्षीय गठबन्धनमा नै रहेकोले सभामुखको चुनावमा जनमत पार्टीले एमालेका उम्मेद्वारलाई मतदान गर्ने बताएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ