सत्ता र कुर्सीको मानसिकता त्याग गरी लोकतान्त्रिक शक्तिहरू एक हुनु पर्ने : अध्यक्ष लाल

समाचार

जनकपुरधाम, ५ माघ । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने बताएका छन् ।

बिहीबार जनकपुरधामस्थित तमलोपाको केन्द्रीय कार्यालयमा आयोजित बलिदान दिवसको अवसरमा अध्यक्ष लालले नेपालको राजनीतिक स्थिति अस्थिरतातिर धकेलिने अवस्थामा रहेको बताएका हुन् ।

‘मधेशका मुद्दा र आन्दोलन बिथोलिने अवस्थामा त छँदैछ सँगसँंगै गणतन्त्र, संघीयता, लोकतन्त्रमाथि खतरा मडारिरहेकोले गणतन्त्र, संघीयता, लोकतन्त्रको रक्षार्थ पुनः संघर्ष गर्नु पर्ने अवस्था आएको छ ।’ उनले भनेका छन् ।

उनले लोकतान्त्रिक शक्तिहरुको एकताको आवश्यकता माथि जोड दिंदै सत्ता र कुर्सीको मानसिकता त्याग गरी लोकतान्त्रिक शक्तिहरू एक हुनु पर्ने बताएका थिए ।

यसगरी कार्यक्रममा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले बलिदानी दिवस वास्तवमा प्रेरणाको दिवस रहेका बताएका हुन् ।

उनले मधेश आन्दोलनमा देखिएको अवरोह, खडा गरिएका विकृति विरुद्ध खडा भएर परिवर्त्तनको वाहक हुनु पर्ने बताए । यस दिवसको यही सार्थकता रहेको उनले बताए ।

तमलोपा धनुषाको अध्यक्ष धिरेन्द्र सिंहको सभापतित्वमा सम्पन्न शहीद श्रद्धाञ्जली कार्यक्रममा तमलोपाका नेताहरु बिभा ठाकुर, भोलानाथ झा, जयनाथ नायक, इश्वर पण्डित, जगन्नाथ चौधरी, भागीरथ लाल, जयनन्दन सहनी आदिले श्रद्धाञ्जली मनतव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ