अध्यक्ष श्रेष्ठद्वारा टीकापुर महोत्सव उद्घाटन

समाचार

कैलाली, ५ माघ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुरमा टीकापुर महोत्सव उद्घाटन गरेकी छन् ।

टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा शुरु भएको महोत्सव यही माघ १५ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले टीकापुर उद्योग वाणिज्य सङ्घले राखेका मागमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै माग सम्बोधन गर्न यथासक्य पहल गर्ने बताइन् ।

अर्का प्रतिनिधि सभा सदस्य लालवीर चौधरीले अब भाषण नभई काम गर्ने बेला आएको बताए । उनले अब जनताले भाषण नसुन्ने भएकाले काम गरेर देखाउनु पर्ने बताए ।

आयोजकले प्रत्येक पटक महोत्सव मार्फत विभिन्न किसिमका माग राख्ने गरेको छ ।

यस पटक पनि टीकापुर हवाई मैदान सञ्चालन, यातायात कार्यालय र आयल निगमको डिपो स्थापना, केराको पकेट क्षेत्र घोषणा, औद्योगिक क्षेत्र घोषणा, चिसापानी कुइने जङ्गल घाट सडक निर्माण, कर्णाली नदी व्यवस्थापन गर्न तटबन्ध गर्नुपर्ने लगायतका माग राखेको छ ।

२०६५ सालबाट टीकापुरमा महोत्सव आयोजना गर्न थालिएको हो । यस पटक गरी टीकापुरमा ११ पटक महोत्सव आयोजना भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ