कैलाली, ७ माघ । जिल्लाको धनगढी उपमहानगरपालिकामा ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
धनगढी महानगरपालिका–१३ कैलाली गाउँ बस्ने ३२ वर्षीय रोहित भट्टलाई अवैध लागूऔषध ब्राउनसुगर ४ सय ४० मिलिग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया