मोरङ, ७ माघ । विराटनगर महानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध लुपिजेसिक २९ एम्पुल, ऐभिल २९ एम्पुल, फेनारगन २९ एम्पुल र डाइजेपाम २९ एम्पुलसहित एक जना पक्राउ परेका छन् ।
बेलबारी नगरपालिका–१ बस्ने ३४ वर्षीय उपेन्द्र खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.८ प ६५६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक खड्कालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया