कपिलवस्तु, ७ माघ । शुद्धोधन गाउँपालिका–६ बिमियामा लु.२ ख ४२२६ नम्बरको बसको ठक्करबाट साइकलयात्री शुद्धोधन गाउँपालिका–३ गुलरी बस्ने ३० वर्षीय विन्द कुमार कहारको शनिबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौंबाट चाकरचौडातर्फ जाँदै गरेको उक्त बसले लु.४ त ५४१९ नम्बरको ट्याक्टर र साइकलयात्री कहार समेतलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका बसमा सवार ६ जनालाई उपचारको लागि नेशनल अस्पताल पकडी पठाइएकोमा ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार २ जनाको अल्शेख अस्पताल लवनी हुँदै थप उपचारको लागि किसमत अस्पताल मणिग्राम रुपन्देही पठाइएको छ ।
बस चालकको अल्फा पोलीक्लिनिकमा उपचार भइरहेको छ भने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया