प्रदेश प्रमुखद्वारा सोनाम ल्होछारको शुभकामना

समाचार

विराटनगर, ८ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङज्यूले सोनाम ल्होछारको शुभभकामना दिएका छन् ।

शुभकामना सन्देशमा भनेका छन्, –“हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरूको साझा साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु ।

किसानहरूले बालिनाली उठाएपछि मनाइने यो एकदमै पुरानो चाड हो । नयाँ वर्षको रुपमा हिमाली क्षेत्रमा बसोबास गर्नेहरूले ग्याल्पो लोछार सम्बोधन गर्दछन् भने तामाङहरूले सोनाम लोछार पुकार्दछन् । ‘ल्हो’ अर्थात बाह्र वटा पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । यस वर्ष ‘बिरालो (तावर) ल्हो’ हो ।

नेपालको संविधानले पनि बहुजाति, बहुभाषी, बहुसांस्कृतिकतालाई सम्बोधन गरिसकेको हुनाले यस्ता चाडवाडले पनि देशलाई एकताको सुत्रमा बाँध्नेछ भन्दै फेरि पनि सोनाम ल्होछारको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ