दुई स्वतन्त्र प्रदेशसभा सदस्य जसपामा प्रवेश

समाचार

जनकपुरधाम, ८ माघ । मधेश प्रदेशसभामा दुई जना स्वतन्त्र प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

महोत्तरी निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा निर्वाचन क्षेत्र ३ (क) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।

आइतबार जसपाको केन्द्रीय कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले ती दुई प्रदेशसभा सदस्यलाई पार्टी प्रवेश गराएका छन् ।

मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ