महादेवा गाउँपालिकाद्वारा फाइबर सिरक बितरण गरे

समाचार

सप्तरी, ८ माघ । जिल्लाको महादेवा गाउँपालिकामा चिसोबाट प्रभावित पूर्ण अपाङ्ग जन्मजात हिँडडुल गर्न नसक्नेलाई आइतबार फाइबर सिरक वितरण गरेको छ ।

महादेवा गाउँपालिकाको वडा न.ं १ कार्यालयमा आयोजित सिरक वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अर्चना कुमारी यादवले उक्त फाइबरका सिरहहरु वितरण गरेकी हुन् ।

उनले ६ वटै वडाका ३ सय पूर्ण अपाङ्ग जन्मजात हिँडडुल गर्न नसक्नेलाई सिरक वितरण गरिएको बताएकी छन् ।

उहाँले पालिकाबाट बिनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि वितरण गरीएको जनाएको छ ।

सो अवसरमा गाउँपालिकाका लोसपाका युवा नेता सुरेन्द्र यादव, वडा सदस्य कमल प्रसेला लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ