सर्लाही, ९ माघ । सर्लाहीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
गोडैता नगरपालिका–३ बेल्वा जब्दीपुलमा ज.१ त ७१३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ६५ वर्षीय कैलाश हजारीको आइतबार दिउँसो मृत्यु भएको हो ।
ट्याक्टरमा उखुलोड गरी खेतबाट बाटोमा निकाल्ने क्रममा ट्याक्टर उफ्रिदा भुइँमा लडेर गम्भीर घाइते भएका उखु काट्ने कामदार कैलाशको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रमममा मृत्यु भएको हो ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुको साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया