काठमाडौं, ९ माघ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव प्रभात कुमारले आज शिष्टाचार भेट गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार भएको भेटमा भारतीय सहयोगबाट सञ्चालित विकास आयोजनाहरूका विषयमा छलफल भएको थियो ।
शिष्टाचार भेटमा जनकपुर– जयनगर रेल र भारतीय एक्जिम बैङ्कमा सञ्चालित सडक आयोजनाहरूको विषयमा कुराकानी भएको सचिव केशवकुमार शर्माले जानकारी दिए ।
तपाईको प्रतिक्रिया