मधेशवादका प्रणेता स्व.सिंहको २१औं पुण्यतिथि मनाइँदै

समाचार

काठमाडौं, १० माघ । मधेशवादका प्रणेता एवं नेपालका सम्पूर्ण उत्पीडित, उपेक्षित समुदायका लागि सडकदेखि सदनसम्म आवाज उठाउने नेपाल सद्भावना पार्टीका संस्थापक स्व.गजेन्द्र नारायण सिंहको २१औं पुण्यतिथि मनाइँदैछ ।

उनले स्थापना गरेको सद्भावना पार्टीको प्रमुख एजेन्डाको रूपमा नागरिकता, आरक्षण (समानुपातिक समावेशिता), जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सघीयतालाई अघि सारेका थिए ।

उनी बाँचुञ्जेलसम्म उपरोक्त राजनीतिक मुद्दाहरूले देशमा व्यापक चर्चा पाए पनि समाधान हुन सकेको थिएन ।

सिंहको त्याग इमानदारी एवम् विचारलाई ओझेलमा पारेर मधेशी दलहरुले आआफ्नो रोटी सेक्ने असफल प्रयास गर्दैछन् । राजनीतिमा परिवारवादका उनी घोर विरोधी थिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ