गजेन्द्रबाबुकै बाटोमा देश : नेता मिश्र

समाचार

काठमाडौं, १० माघ । स्व.गजेन्द्रनारायण सिंहले देखाएकै बाटोमा नेपाल अहिले हिंडिरहेको कुरा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले बताएका छन् ।

स्व.सिंहको २१औं पुण्यतिथिको अवसरमा उनको योगदानबारे चर्चा गर्दै नेता मिश्रले यस्तो कुरा बताएका हुन् ।

नेता मिश्रले भनेका छन्, ‘स्व.सिंह दूरदर्शिता भएका नेतृत्वकर्ता हुनुहुन्थ्यो । उहाँको शरीर भलेही २१ वर्ष पहिला नाशवर भए तर उहाँले दिनुभएको विचार, हिंड्नुभएको बाटो, गर्नु भएको कर्तव्य सधै जीवित रहनेछ ।’

‘उहाँले सत्ता निरंकुशताको अवस्थामा उठाउनु भएको पहिचान, संघीयता, समावेशीताका मुद्दाहरू आजको आवश्यकत्ता भएको छ र राज्यलाई उक्त दिशामा डोर्याएको छ । उहाँजस्तो महामानवलाई मधेश आमाले जन्मदिनु देशकै लागि गर्वको विषय रहेको छ र हामी गर्वान्वित महसुस गरेका छौं ।’ नेता मिश्रले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ