भारतीय रुपैयाँसहित ईटालियन नागरिक पक्राउ

समाचार

काठमाडौं, १० माघ । काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँ सहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई प्रहरीले पक्राउ गरेको छ ।

ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भारतीय रुपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ