अर्काको नाममा ट्रायल दिने तथा दिन लगाउने व्यक्ति पक्राउ

समाचार

मोरङ, १० माघ । सुन्दरहरैचा नगरपालिका–५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो पक्राउ पर्नेहरुमा सुनसरी भोग्राहा गाउँपालिका–७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका छन् ।

षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरुलाई प्र.१–०२–०४५ प ९४३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ