संघीय संसद भवनअगाडि आत्मदाह प्रयास

समाचार

काठमाडौं, १० माघ । संघीय संसद भवनअगाडि एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

मंगलबार दिउँसो बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका थिए ।

उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ