काठमाडौं, १० माघ । भारत र नेपालका स्टार्टअपहरुलाई एक ठाँउमा ल्याउन भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ को आयोजना गरेको थियो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी सो कार्यक्रमको मुख्य अतिथि थिए ।
भारत र नेपालका स्टार्टअपहरु बीच सम्पर्क विस्तार गर्ने उद्देश्यले भारतीय स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी–२० को अध्यक्षता र जी–२० फाइनान्स ट्रयाकमा नेपालको सहभागीताबारे चर्चा गरे ।
उनले वित्तीय समावेशीकरण र स्टार्टअपमा JAM trinity (Jan Dhan Yojana, Aadhaar and Mobile Number) जस्ता डिजिटल सामाग्रीको महत्वबारे पनि चर्चा गरे ।
नेपाल राष्ट्र बैंकका गभर्नर एवम् कार्यक्रमका मुख्य अतिथि महा प्रसाद अधिकारीले डिजिटल नेपालको विषयमा विस्तृतमा जानकारी दिनुका साथै नेपालले आर्थिक वर्ष २०७९/०८० (सन् २०२३) लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षको रुपमा मनाउने तयारी गरेको बारे बोलेका थिए ।
उनले अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रुपमा पहिचान गर्दै भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा जोड दिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले “नेपालमा स्टार्टअप अवसरहरु” विषयमा प्रस्तुति दिएका थिए । स्टार्टअप इन्डियाका अनुभव कुमार दासले “स्टार्टअप इन्डिया स्किम” विषयमा प्रस्तुति दिए ।
सन् २०१६ जनवरी १६ मा सुरु गरिएको यो स्टार्टअप इन्डिया स्किमले भारतमा ४२०० भन्दा बढी स्टार्टअपलाई आफ्नो फन्ड र सीड फन्डमार्फत सहयोग पु¥याएको छ । सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारे एबथलभबचदथ का प्रमुख कार्यकारी अधिकृत आनन्द बजाजले जानकारी दिए ।
पहिलो चरणको छलफल भारत र नेपालबीच ई–कमर्श र फिनटेक क्षेत्रमा अवसरहरुबारे केन्द्रित थियो । सस्तोडिलका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले फ्लिपकार्टसँगको सहकार्यबारे बताए ।
एफ वन सफ्टका अध्यक्ष विश्वास ढकालले फोनपे र इसेवा भुक्तानी सेवाहरुबारे जानकारी दिए । त्यस्तै, टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले ई–कमर्श, लजिस्टिक तथा डिजिटल भुक्तानीले कसरी एकसाथ काम गर्छ भन्ने बारे प्रस्तुति दिएका थिए ।
भारतीय फिनटेक कम्पनी लेभेचेज–एजुका अक्षय चतुर्वेदीले नेपाली बजारमा आफ्नो कम्पनीले गरेको विस्तार बारे जानकारी दिए ।
दोस्रो चरणको छलफल नेपाली स्टार्टअपका लागि फन्डिङ्ग अवसरहरुबारे केन्द्रित थियो ।
तपाईको प्रतिक्रिया