बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप

समाचार

वीरगन्ज, ११ माघ । वीरगन्जमा सोमबारबाट बालबालिकाहरूलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन र जिल्ला खोप समन्वय समितिको निर्णय बमोजिम ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि हरेक वडामा खोप केन्द्रमार्फत कोभिड विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले वीरगन्जका लागि ८ हजार भाइल फाइजर खोप पठाएको छ । मन्त्रालयको निर्देशन अनुसार वीरगञ्ज महानगरपालिकाको समन्वयमा माघ ९ गतेबाट बालबालिकालाई खोप लगाउन थालिएको छ ।

कोभिड संक्रमण नियन्त्रणका लागि बालबालिकालाई फाइजर खोप लगाउनुपर्ने भएकाले खोप अभियान नरोक्न प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला खोप समन्वय समितिले निर्देशन दिएपछि महानगरले समन्वय गरेर खोप अभियान अघि बढाएको हो ।

अहिले जिल्ला स्वास्थ्य कार्यालय पर्साको समन्वयमा जिल्लाको वीरगञ्ज महानगरसहित १४ वटै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ