काठमाडौं, १२ माघ । छिमेकी मित्रराष्ट्र भारतको ७४औं गणतन्त्र दिवसको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले शुभकामना व्यक्त गरेका छन् ।
भारतको गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण भारतवासीलाई शुभकामना मन्तव्य दिँदै मिश्रले नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ हुँदै गएको बताएका छन् ।
उनले अन्य छिमेकी राष्ट्र र भारतसँग नेपालको सम्बन्ध फरक रहेको बताउँदै भने, ‘नेपाल र भारतबीचको सम्बन्ध भनेको शहरको छिमेकीभन्दा गाउँको छिमेकीजस्तै रहेको छ ।’
नेपाल र भारतबीच अलौकिक, बहुआयामिक र विशेष सम्बन्ध रहेको बताउँदै नेता मिश्रले कसैले चाहेर पनि यी दुई देशबीचको सम्बन्ध तोड्न नसक्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया