काठमाडौंमा मनाइयो भारतको ७४औं गणतन्त्र दिवस

समाचार

काठमाडौं, १२ माघ । छिमेकी मित्रराष्ट्र भारतको ७४औं गणतन्त्र दिवस मनाइएको छ ।

बिहीवार काठमाडौंस्थित भारतीय राजदुतावासले ७४ औं गणतन्त्र दिवसको अवसरमा एक एक विशेष समारोह आयोजना गरी मनाएको छ ।

सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्याएको योगदानलाई कदर गर्दै केही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ ।

साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरुको सम्मानमा उनीहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो ।

त्यसअघि दुतावास परिसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए।

दुतावासले नेपाल विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ