महोत्तरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

समाचार

महोत्तरी, १२ माघ । बर्दिबास नगरपालिका–३ पाटु मोडमा सिन्धुलीको लङ्गुरखोलाबाट बर्दिवासतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ त.२२६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा औरही गाउँपालिका–५ चकर टोल बस्ने ३५ वर्षीया अमेरिका देवीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रमामा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका अन्य २८ जनामध्ये १२ जनाको जनसेवा अस्पताल बर्दिवासमा, ७ जनाको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा र ९ जनाको साई मल्टी स्पेसिलिट हस्पिटल एण्ड ट्रमा सेन्टर बर्दिवासमा उपचार भइरहेकोमा ४ जनालाई थप उपचारको लागि चन्द्रकला अस्पताल जनकपुर रिफर गरिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी महोत्तरी औरही नगरपालिका–२ स्थित बर्दिबास जलेश्वर सडक–खण्डमा ना.३७ प ७२३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय गोगाई ठाकुरको बिहीबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल मुरली चोक जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ