डुबेर किशोरको मृत्यु

समाचार

सर्लाही, १२ माघ । खेतमा बोरिङबाट निकालेको पानीमा डुबेर सर्लाहीमा एक किशोरको मृत्यु भएको छ ।

हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर बिहीबार बिहान मृत्यु भएको हो ।

आफ्नो घरबाट करिब ५ सय मिटर दक्षिण रहेको खेतमा बोरिङबाट निकालेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ