लागूऔषधसहित एक जना पक्राउ

समाचार

मोरङ, १४ माघ । अवैध लागूऔषधसहित मोरङमा एक जना पक्राउ परेका छन् ।

केराबारी गाउँपालिका–८ स्थित बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम र नगद १ लाख ८४ हजार ५ सय रूपैयाँ सहित सोही गाउँपालिका–१० बस्ने ६० वर्षीय पदम कुमार खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ