पर्सा, १५ माघ । जिराभवानी गाउँपालिका–१ चम्रीमा ठोरीबाट चिलझपट्टीतर्फ जाँदै गरेको ना.३ त २२८७ नम्बरको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
ट्याक्टरमा सवार जगरनाथपुर गाउँपालिका–५ बस्ने २५ वर्षीय विजय मुखिया बिनको शुक्रबार राति मृत्यु भएको छ ।
ट्याक्टरबाट लडेर सोही ट्याक्टरले किच्दा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया