जनकपुरधाम, १५ माघ । म्याग्दीको बेणीस्थित पवित्र कालीगण्डकी नदीबाट पोखरा, दमौली र नारायणघाट हुदै जनकपुरधाम पु¥याइएको देवशिलालाई जगज्जननी देवी सीताको जन्मस्थल जानकी मन्दिर परिसरमा वैदिक विधिबाट पूजा गरिँदैछ ।
देवशिलालाई जनकपुरमा पूजा गरिसकेपछि अयोध्या पु¥याउने गरी सोमबार बिदाइ गरिनेछ ।
भारत पठाउन लागिएका शिलाहरुको पूजा आराधनाका लागि यतिबेला जनकपुरमा भक्तजनहरुको भीड लागेको छ ।
नेपालबाट शिला भारत लग्न लागेकाले खुशी भएका जनकपुरधामवासीहरु शिला पूजन कोलागि उपस्थित भइ रमाइलो गरिरहेका छन् ।
भारतको अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउनका लागि उक्त शिलाहरू कालीगण्डकीबाट पोखरा हुँदै विभिन्न धार्मिक स्थलमा पूजा गर्न राखिएको थियो ।
शिलालाई बुधवारसम्म राम जन्मभूमि ट्रस्टलाई जिम्मा लगाउने तयारी छ ।
तपाईको प्रतिक्रिया