आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

रुपन्देही, १६ माघ । लुम्बिनी साँस्कृतिक नगरपालिकामा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन् ।

लुम्बिनी सांस्कृतिक–६ मजिदिया बस्ने कोल्ही अबिन खानको अप्सना अटो मोबाईल पार्ट्स पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ