पेट्रोल छर्की आगो लगाउँदा २ वर्षीय बालकको मृत्यु

समाचार

बाँके, १६ माघ । कोहलपुर नगरपालिका–२ शक्तिनगर बस्ने ३० वर्षीय भानुभक्त बिकले घरायसी झै–झगडाको कारण आफ्नै श्रीमती ३० वर्षीया गंगा बिक र उनकै छोरा २ वर्षीय प्रिन्स बिकको शरीरमा पेट्रोल छर्की आगो लगाउँदा प्रिन्स बिकको मृत्यु भएको छ ।

आगो लगाउने भानुभक्त बिकलाई जमुनाहा नाकाबाट सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

आगो लगाउँदा जलेर गम्भीर घाइते भएका गंगा बिक र प्रिन्स बिकको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि भेरी अस्पताल नेपालगंज पठाइएकोमा उपचारको क्रममा प्रिन्स बिकको सोमबार बिहान मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ