मोरङ, १६ माघ । सुन्दरहरैचा नगरपालिका–३ गछिया चोकस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश १ –०२–००१ ख ९४३० नम्बरको ट्रकले को.३५ प ६७४८ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका–७ बस्ने ३२ वर्षीय सुमित खवासको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया