कमल राज पौडेल देबकमल, बर्दिया, १७ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वाटर बर्दियाका प्रहरी उपरीक्षक जहर सिंह बुढामगरको शसस्त्र प्रहरी प्रधान कार्यलयमा सरुवा भएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले उनको आगामी कार्यकालको पूर्ण सफलताको कामनासहित टिका र खादा लगाएर बिदाई गरेका हुन् ।
२०७८ साल माघ १० गते सशस्त्र प्रहरी बल नेपाल नं. ३१ हे. क्वाटर बर्दियामा गणपतीको रुपमा जिम्मेवारी प्रारम्भ गरेर सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, राजश्व संकलन, विपद उद्धारका साथै जनतामा अमनचयन कायम गराउन अहोरात्र खटिनुका साथै २०७९ सालमा सम्पन्न भएको स्थानीय निर्वाचन तथा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा निर्वाचनलाई भयरहित र निष्पक्ष वातारणमा सम्पन्न गराउन अतुलनिय योगदान पुर्याएका थिए ।
सशस्त्र प्रहरी बल नेपालमा ब्यवसायिक अधिकृतको रुपमा चिनिने जहर सिहं बुढामगरले एक वर्षीय कार्यकालमा अवैध चोरीनिकासी, पैठारीअन्र्तगत विभिन्न प्रकारका सीमा क्षेत्रबाट ईलेक्टे«नीक सामानहरु, लत्ताकपडा सुर्तिजन्य पदार्थ, पशुपन्छीजन्य, बनपैदवार, रासायनिक मल, विभिन्न कृषि जन्य विउविजन, तोरी लोड भएको टेक्टर, किराना सामानहरु र यासागुम्र्बा सहित गरी रु १ करोड ४० लाख ३ सय २७ रुपियाँ बराबरको अवैध सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएका थिए ।
साथै सीमा क्षेत्रहरुबाट लागुऔषध, लागुऔषधजन्य ओसारपसारमा संलग्न व्यक्तिहरुलाई समेत पक्राउ गरी आवश्यक कारर्बाहीको लागि सम्बन्धीत कार्यालयमा बुझाएर सीमा नाकालाई प्रभावकारी र सवलरुपमा परिचालन गरी सीमा सुरक्षा व्यवस्थापनमा विषेश जोड दिँदै कार्यसम्पादन गरेका छन् ।
जहर सिंह बुढामगरले आन्तरिक रुपमा समेत थप भौतिक संरचना निर्माण तथा ब्यवस्थापन र स्त्तरोन्नती गरी कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।
उनको कार्यको उच्च मूल्याङ्गन गर्र्दै लुम्बिनी प्रदेश सशस्त्र प्रहरी बल नेपाल नं. ५ बाहिनीले लुम्बिनी प्रदेश अन्र्तगतका गणहरुबाट बर्दिया जिल्लाको नं. ३१ गणलाई उत्कृष्ट पहिलो न. गणको रुपमा घोषणा गरेको थियो ।
स्थानीय प्रशासन सुरक्षा निकाय, संघ संस्थाहरु, स्थानीय तहहरुसँग समेत व्यावसायिक सुमधुर सम्बन्ध स्थापित गर्दै उनले सुखद र सफल एक वर्षीय कार्यकाल सम्पन्न गरेका हुन् ।
तपाईको प्रतिक्रिया